धनगढी । अछाममा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिकाको कालागाउँ बस्ने २८ वर्षीय रमेश भण्डारी रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला अदालत अछामको फैसलाले बहुविवाह मुद्दामा १७ दिन कैद सजाय र रु.१० हजार जरिवाना तोकिएका भण्डारीलाई अस्थायी प्रहरी पोष्ट कालागाँउबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।













