धनगढी । कैलालीबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।
शनिबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोक, वडा नं -७ को बेली, वडा नं-९ को त्रिवेणीघाट र वडा नं-१२ को कम्पनी टोल नजिकैबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयहरूबाट खटिएको गस्ती टोलीले अन्दाजी रु एक लाख ३८ हजार २५६ रुपैयाँ बराबरका सामान बरामद गरेको जनाइएको छ ।
उक्त मूल्यका चिनी, सुर्ती, भुजा, चक्लेट, पेय पदार्थ, बेल्ट, प्लाष्टिक झिल्ली, कुर्ती सेट लगायतका विभिन्न सामानहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।















