• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च

  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

कञ्चनपुर । विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ । पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ ।

उनी छलिया नृत्यका लागि सुदूरको तराइदेखि पहाडसम्म छलिया समूह लगेर पुग्ने गरेका छन् । विशेष गरी विवाह र महोत्सवका लागि छलिया नृत्यको माग आउने गरेकोे उनको भनाइ छ । पछिल्लो समय विभिन्न समारोह तथा उच्चपदस्थको स्वागतमा छलिया नृत्य प्रदर्शन हुन थालेको छ । “हरेक दिन छलिया नृत्यका लागि तीन÷चार फोन आउँछ एक महिनाअघि नै बुकिङ हुने गरेको छ ।” उनका अनुसार विवाह, महोत्सव तथा शुभकार्यमा छलिया नाचको माग बढेको छ ।

छलिया नृत्यमा १५ वर्षको उमेरदेखि नै लागेका सुरजले अहिले छलिया नाच नाचेरै लाखौँ आम्दानी गर्न थालेका छन् । “छलिया नृत्य सुदूरपश्चिमको मौलिक पहिचान हो यसको संरक्षण गर्छु भनेर लागेको हु”, उनले भने, “अहिले छलिया नृत्य व्यावसायिक रुपमा अघि बढेको छ आम्दानीको मुख्य स्रोत नै छलिया नाच हो ।” उहाँले विवाह तथा महोत्सवमा छलिया नृत्यको रु ३० हजारदेखि ५० हजारसम्म शुल्क लिने गरेको बताए ।

“हाम्रो आम्दानीको मुख्य स्रोत भनेकै यही हो विवाहको याममा एक दिन खाली बस्दैनौँ ।” उनले भने । “दुई छोरी र एक छोराको पढाई खर्च र घरायसी जोहो छलियाबाटै हुने गरेको छ”, उनले भने, “विभिन्न ठाउँमा छलिया नाच देखाएबापत राम्रै आम्दानी हुने गरेको छ ।” उनले विवाह र महोत्सवमा छलिया नाच देखाउनका लागि कञ्चनपुर कैलाली र पहाडको बैतडीसम्म पुग्ने गरेको बताए । तर पछिल्लो समय दामाहा बनाउन भने निकै खर्चिलो हुने गरेको उनको भनाइ छ । “एउटै दामाहा बनाउनका लागि २० हजारसम्म खर्च हुने गरेको छ ।” औजीले भने, “खर्चिलो भए पनि पुरानो संस्कृतिका हिसाबले छलियाको माग धेरै छ ।” सुदूरपश्चिमको प्रसिद्ध छलिया पछिल्लो समय व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा विवाह तथा महोत्सवहरुमा छलिया नृत्यको माग हुने गरेको ७० वर्षीया मोहनराम औजीले बताए । “पहिला पहिला विवाह र शुभकार्यमा आफ्नो छाक टार्न छलिया हुड्केली नाच नाचिन्थ्यो”, उनले भने, “अहिले छलिया हुड्केली नाच व्यावसायिक भएको छ अग्रीम बुकिङ गर्नुपर्छ ।” उनले आफूले १२ वर्षको उमेरदेखि छलिया हुड्केली नाच नाच्न थालेको बताए। “म ७० वर्षको भए अहिले मेरो छोरालाई संयोजक बनाएको छु उसले दैनिक नौ वटा छलिया नृत्यको टिमको ठेक्का लिने गरेको छ यति धेरै माग छ”, उनले भने, “छलिया नाचेको रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छौँ”, उनले छलिया नाच देखाउँदा ढाल, तरबार र छलियाको परिहन निकै महँगो हुने गरेको बताए ।

अहिले विभिन्न ठाउँमा छलिया नाच्नेले समूह नै बनाएर नाच्ने र गाउने गरेका छन् । “छलिया नाचमा मनोरञ्जन गरिन्छ हुड्केली नाचमा पुराना राजा रजौटा, वीर वीरञ्गना र देविदेवताहरुका जीवन गाथा गाउने गरिन्छ”, उनले भने, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच हो यो सुदूरपश्चिमको पहिचान हो ।”

छलिया नाचमा सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको लोक साहित्यका जानकारहरु बताउँछन् । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको र नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिने लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिए । उनले छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य रहेकाले पछिल्लो समय व्यावसायिक रुपमा अघि बढेको बताए ।

“विशेषगरी खुसीका अवसरमा गरिने छलिया नृत्यको आफ्नो छुट्टै महत्व र मौलिकता छ, छलिया नृत्य विशेषगरी विभिन्न माङ्गलिक अवसर विवाह, व्रतबन्ध, जात्रालगायतमा प्रस्तुत हुने गर्छ, छलिया नृत्य स्थानीयस्तरमै बनेका लोकबाजा प्रयोग हुन्छन्”, उनले भने, “छलिया नृत्यमा दमाहा, झ्याली, विगुल, मसक, हुड्कोलगायत बाँजागाजाको प्रयोग गरिन्छ ।” उनका अनुसार छलिया नाचमा नाच्ने व्यक्तिको विशेष नृत्य पहिरन हुन्छ । टाउँकामा विशेष किसिमले मखमलको पगडि लगाइन्छ । छलियाको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुन्छ ।

“एक हातमा ढाल र एक हातमा तलबार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ”, उनले भने, “छलिया नाचमा एक जनाले सुरुमा लोक डेउडाको छेउटो प्रस्तुत गर्ने र गीतहरुमा आन्दित तुल्याउने हाँसोठट्टालगायत र शृङ्गारिक भावका छेउटा प्रस्तुत गरिन्छन् छेउटो पछि कुनै एक नाच्न योग्य लोकलयको गीत गाउँदै छलियाबाँजो बजाइन्छ र धेरै बेरसम्म त्यही बाँजोमा छलियाहरु नाच्दछन् बाजा रोकिएपछि पुनः अर्को छेउटो प्रस्तुत गरिन्छ ।”

छलिया नाचमा विभिन्न किसिमका जादुगरी र कलाको पनि प्रदर्शन गरिने साहित्यकार रमेश पन्त बताउँछन्। “उल्टो पल्टेर मुख वा आँखाले पैसा टिप्ने कलालाई छलिया नृत्यमा प्रमुखताका साथ स्थान दिइन्छ”, उनले भने, “दाइन दमाहा बजाउने कला, एउटा छलियाले अर्कोको काँधमा चढेर दाइन बजाउने कला पनि छलिया नृत्यको विशेषता हो ।” उनले पछिल्लो समय छलिया बाजाको माग धेरै बढेकाले छलिया नृत्य व्यावसायिक बनेको बताए। रासस

  • छलियानाचको माग उच्च
आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गाउँमा डुल्दै बाघ
अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

समाचार

सबै

हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.