धनगढी । कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोक, टीकापुर नगरपालिका-६ भर्तापुर पुल नजिक र वडा नं-९ ठोसे बजार नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१ लाख ३ हजार ४४० बराबरको सामानहरु नियन्त्रणमा लिइएको हो ।
उक्त मूल्यका जुस बनाउने पाउडर, जुस लिक्विड, जुस स्टिकर, बिभिन्न किसिमका भाँडावर्तन, Good Health आयुर्वेदिक डिब्बा, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













