धनगढी । कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ परेकि छन् ।
पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका-९ बस्ने २३ वर्षीया मार्था सुनार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा १ महिना कैद सजाय र रु.५ हजार जरिवाना तोकिएकी सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिक पक्राउ गरेको जनाइएको छ ।















