धनगढी । दार्चुलामा बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका– ४ सिप्टी बस्ने गणेशसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उच्च अदालत पाटन ललितपुरको मिति २०७७ मंसिर २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु ९ लाख ५५ हजार ८४० जरिवाना तोकिएका ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले आइतबार महाकाली नगरपािलका–४ बाङ्गाबगर बजारबाट पक्राउ गरेको जनाइएको छ ।













