धनगढी । कैलालीको गोदावरीमा पानी खाल्डोमा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका १० दमौरा बस्ने गणेश चन्दको छोरा बर्ष ७ को ओमकार चन्द रहेका छन् ।
बुधबारगोदावरी १० मा रहेकोे जय अम्बेईटाँ उद्योगको ईटाँ बनाउनका लागि माटो निकालेको पानि जम्मा भएको खाडलमा खेल्ने क्रममा डुबी घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।













