• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ५. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

एसपीए कलेजले पायो अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय अवार्ड

  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

धनगढी- धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक भव्य समारोहकाबीच अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड पाएको छ । वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विश्वभरका शैक्षिकसंस्था सहभागी उक्त कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो । ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले प्रदान गरेको उक्त अवार्ड पाउने एसपीए नेपालको एकमात्रै कलेज हो ।

४० देशका दुईहजार बढी शैक्षिक संस्थाहरुले सहभागिता जनाएको कार्यक्रममा एसपीएले उक्त अवार्ड पाएको हो । एसपीएका पूर्व कर्मचारी हर्क बोहराले उक्त अवार्ड ग्रहण गरेका थिए । शैक्षिक क्रियाकलापबाट स्थानीय वातावरण संरक्षणमा खेलेको भूमिकालाई मुख्य आधार बनाएर आयोजकले अवार्ड प्रदान गरेको हो । यो कार्यक्रम संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक काउन्सिल अन्तर्गत समेत पर्दछ ।

एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले संसारको एक कुनामा रहेको कलेजलाई अर्को कुनामा रहेको संस्थाले सम्मान गर्दा अन्त्यन्तै हर्षित भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूहरुले विद्यार्थी, अभिभावक तथा समाजको हितमा काम गर्दाको प्रतिफल पाएको बताए ।

‘संसारभरका शैक्षिक संस्थाहरुमाझबाट मनोनयनमा पर्नु नै हाम्रा लागि अवार्ड ग्रहण गरे बराबर थियो,’ क्याम्पस प्रमुख योगराज उपाध्यायले भने, ‘अवार्ड नै पाएपछि एसपीए शिक्षादीक्षा, विद्यार्थीको सर्वाङ्गीण विकास तथा सामाजिक क्षेत्रमा विश्वका हजारौं कलेजभन्दा अघि रहेको प्रमाणित गरिदिएको छ । यो हाम्रा लागि गर्वको कुरा हो । साथसाथै विद्यार्थी, अभिभावक र समाजको हितमा काम गर्दाको प्रतिफल मिलेको महसुस गरेका छौं ।’

कार्यक्रममा विश्वभरबाट वातावरण क्षेत्रमा काम गरेका उलब्ध प्रतिष्ठित व्यक्ति, संघ संस्थाले पनि आफ्नो प्रेरणादायी अनुभव साटासाट गरे ।
लामो समयदेखि एसपीए कलेजले ‘ग्रीनक्लिन धनगढी’ क्लब गठन गर्दै बातावरण संरक्षणका क्षेत्रमा गर्दै आएको छ । ग्रीनक्लिन धनगढीमा एसपीएका विधार्थीहरु ग्रीन भोलेन्टियर्सका रुपमा कार्यरत छन् । कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक तथा सार्वजनिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ । यस्तै वातावरण हराभरा बनाउँनका लागि कलेजले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।

कलेजको ग्रीनक्लिन क्लबले धनगढी शहरलाई ग्रीन र क्लिन बनाउँने उदेश्य राखेको क्लबमा आवद्ध विधार्थी स्यामुयल न्यौपानेले बताउँछन् । उहाँले ग्रीन कलेज अवार्ड पाउँदा विगत लामो समयदेखि आफूहरुले वातावरणको क्षेत्रमा गर्दै आएको प्रयासलाई संसारले पहिचान गरेको बताए ।

‘हामीले सुदूरपश्चिम प्रदेशको मुख्य हब धनगढीलाई सुन्दर र हराभरा बनाउँने उदेश्यका साथ विगत एक दशकदेखि अनवरत रुपमा काम गर्दै आएका छौं,’ एसपीएका वातावरण अभियान्ता न्यौपानेले भने, ‘हाम्रो प्रयासको पहिचान गर्दै अमेरिकाको न्यूयोर्क शहरमा भएको अवार्ड हामीले पाएका छौं । यो एसपीएनसँगै समग्र सुदूरपश्चिम र देशका लागि गौरवको क्षण हो ।’

धनगढीलाई हराभरा बनाउँने उदेश्यले ग्रीनक्लिन धनगढीको स्थापना २०१२ सालमै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले गर्नुभएको थियो । शाही संस्थाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उनका पालामा ग्रीन क्लिन धनगढीले सम्पूर्ण धनगढीको मुख्य बजार क्षेत्र तथा सहायक मार्गमा वृक्षारोपण सम्पन्न गरेको थियो । त्यसपछि एसपीए कलेजका ग्रीन स्वयमसेवकहरुले ग्रीनक्लिन अभियानलाई नियमित अघि बढाईरहेका छन् । अघिल्लो हप्तामात्रै ग्रीन स्वयमसेवकहरुले धनगढीबजार क्षेत्रको सरसफाई, तारानगरस्थित आमाको मायाँ छात्रवासमा वृक्षारोपणलगायत कार्यक्रम सम्पन्न गरेका थिए ।

हाल ग्रीन भ्योलिन्टियर्सहरु एक शैंक्षिक संस्थामा एक कमिटि गठन गरिरहेका छन् । हरेक विद्यालयमा ग्रीन भ्योलेन्टियर्सहरु तयार पार्दै आ आफ्नो क्षेत्रको वातावरण संरक्षणमा विधार्थीहरुलाई वातावरण संरक्षणमा प्रेरित गर्ने उदेश्य एसपीएले राखेको छ ।
केहीअघिमात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै एसपीएले राष्ट्रिय शिक्षा सम्मान पाएको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गरे ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो । झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस तथा स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम तथा एकवर्षे बीएड कार्यक्रम लागु छन् । त्यसबाहेक प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

No description available.

  • अवार्ड
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

समाचार

सबै

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ५.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.