कैलाली । धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ प २६४५ नम्बरको टिपरको ठक्करबाट बैतडी पाटन नगरपालिका-६ बस्ने ५३ वर्षीय मन्दिर सिंह बिष्टको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













