काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-४ मसिनास्थित सडकमा मसिनादेखि फारूलातर्फ जाँदै गरेको रा.१ त ३३९३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार कुमाख गाउँपालिका-६ बस्ने १६ वर्षीय मेघलाल बुढाथोकीको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, बरहथवा नगरपालिका-१७ स्थित सडकमा कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना.४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक मलंगवा नगरपालिका-४ बस्ने ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















