धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ भुरूवास्थित सडकमा सु.प.प्र.०१-००१ ह ५१४८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार अटो चालकको नाती १० महिनाको आयुष साउँदको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।
प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र ०१-०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।













