अछाम । अछामको तुर्माखाँद ३ भैरबस्थान बस्ने बर्ष ३१ को कर्ण बहादुर बुढालाई कुटपिट गर्ने ४ जना मध्ये दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा झंकर भाट र मदन बिष्ट रहेको प्रहरीले जानकारी दिएको छ ।
यही २२ गते दिउसोको समय मंगलसेन बजार रहेको सनसाईन प्लाजा होटलमा बर्ष ४२ को झंकर भाट, ३५ को बल भाट , २६ को कमल भाट, ३२ को मदन बिष्ट, ४ बस्ने बर्ष २७ को बिष्णे कठायत समेतका जना ५ र अन्य नाम थाहा नभएका ४ जना गरी जना ९ (नौ) ले घेरी बुढालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।
हात, मुक्का, लात्ता, धारीलो हतियार नक, खुकुरी र फलामको रडले प्रहार गरी उनको अनुहारको भाग चिउडोको भाग तथा शरीरको अन्य भागहरूमा गम्भिर चोटपटक लागेको उनले बताए ।
तल पट्टीको २ (दुई) वटा दाँत भाँचिएको पनि उनले बताए । बुढाले कानुन बमोजिम कारवाहि गरी पाउँ भनि यही मिति ३० गतेको दिन झंकर भाट समेतका जना ४ को नाममा अङ्गभङ्ग गर्न नहुने कसूर शिर्षकमा किटानी जाहेरी दरखास्त पेश गरेको उनले बताए ।
सोको आधारमा झंकर भाट र मदन बिष्टलाई पक्राउ गरी ३ (तिन) को म्याद थप भई अनुसन्धान भईरहेको उनले बताए । । अन्य फरारको खोजी कार्य जारी रहेको उनले बताए ।













