अछाम । अछाममा खोलाले बगाउदा एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्ण बहादुर कडायत रहेका छन् ।
अछामको कमलबजार ३ बयला बस्ने बर्ष ५० का कडायत घरबाट खेतबारीतर्फ जाने क्रममा मुजे बजुडा खोला तर्ने क्रममा खोलाले बगाई ५०० मिटर तल खोलाको बिच भागमा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनी आज दिउसो खोला बिच भागमा मृत अवस्था रहेको जानकारी हुनासाथ सो स्थानमा घटनास्थल मुचुल्का लगायत कानूनी प्रक्रियाको लागि प्रहरी टोली खटिगएको जनाएको छ ।













