धनगढी- धनगढीमा नमुना आयल स्टोर सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरी हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नमुना पेट्रोल पम्प आज (आइतबार) देखि सञ्चालनमा आएको हो ।
युवा व्यवसायी जय ठाकुरले ज्योति आयल स्टोर सञ्चालनमा ल्याएका हुन । आयल स्टोरको सञ्चालक ठाकुरका बुबा जटेश्वर ठाकुर र परिवारका सदस्यले उद्घाटन गरेका छन् ।करिब ४ करोडको लगानीमा पेट्रोल पम्प सञ्चालनमा आएको सञ्चालक जय ठाकुरले बताए ।
उनले करिब एक बिगाहा क्षेत्रफलमा पम्प सञ्चालनमा ल्याएको बताए । पम्पमा डिजेल तथा पेट्रोलका साथै छिट्टै गाडी धुने, हावा भर्ने, इलेकट्रोनिक गाडी चार्ज गर्ने सुविधाका साथै रेस्टुरेन्ट लगायतका सुविधा सञ्चालनमा आउने बताए ।













