धानगढी । कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीवार रातिदेखि नै कारागारमा कैदीबन्दीबिच कुटाकुट भइरहेको छ। कुटपिट हुँदा घाईते भएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको विवरण भने अहिले सार्वजनिक गरिएको छैन्। कुटपिट हुँदा ४६ जना घाईते भएको जनाइएको छ।
झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानविन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ।













