डडेल्धुरा । डडेल्धुरामा जुवातास खेलिरहेको अबस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज डडेल्धुरा, अमरगढी १ स्याउले बजार स्थित एक होटेलको दोस्रो तलामा जुवातास खेलिरहेको अबस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद रु.३७,७८५ र २०८ पत्ति तास सहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













