डडेल्धुरा- डडेल्धुरामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। गन्यापधुरा गाउँपालिका-४ का नरबहादुर धानुक बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।
उनलाई शुक्रबार दिँउसो गाउँ नजिकैको जंगलमा बाघले आक्रमण गरेको गन्यापधुरा-४ का वडा अध्यक्ष नरेश भट्टले जानकारी दिए । गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।













