धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला पार्टी कार्यालयमा गरिएको आगजनीमा जलेर नष्ट भएका सामान सफा हुन सकेको छैन ।
मंगलबार जेनजी समूहले सो पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेको थियो ।
कांग्रेस पार्टी कार्यालय भित्र महत्वपूर्ण दस्ताबेज संगै कुर्ची, टेवुल सडकमा फालेर आगो लगाएको थियो । पूर्ण रुपमा जलेर नष्ट भएका सो सामानहरुको सरसफाईमा बिहीबारसम्म पनि कसैको ध्यान जान सकेको छैन ।













