काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।
भक्तपुरको गुन्डुस्थित निवासमा नेता/कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता/कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।
सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् । भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्वजनिक भएका थिएनन् ।













