काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् ।
सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । पदभार ग्रहण कार्यक्रमका क्रममा बोल्दै उनले विद्युत प्राधिकरण सबैभन्दा सहज र अनुकूल अवस्थामा रहेको बताएका छन् ।
उनले भने ‘प्राधिकरणमा ८ वर्ष कार्यकारी निर्देशक रहनुभएका कुलमान घिसिङ मन्त्री हुनुहुन्छ । त्यसैले नेपाल सरकारबाट पनि पर्याप्त सहयोग हुन्छ । यस्तो सहज परिस्थिति सायद भविष्यमा नहोला । काम गर्नका लागि एकदम सहज छ, यो परिस्थितिको फाइदा उठाउनुपर्छ ।’















