धनगढी । कैलालीमा दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द,२२ वर्षीय हिमाल आचार्य र गौरीगंगा–३ बस्ने २० वर्षीय जिवेश सापकोटा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको संयुक्त टोलीले मंगलवार गौरीगंगा नगरपालिकाको चौमालाबाट पक्राउ गरेको जनायएको छ ।
उनीहरूको साथबाट टाईप–५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको जनाइएको छ । सो सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको जनाइएको छ ।













