धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक क्षतिको समीक्षा गर्दै छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । आज बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरू सम्मिलित बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा मुख्यमन्त्री शाहले विषयगत मन्त्रालयको प्रगति र जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको समीक्षा गर्दै छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा बिषयगत मन्त्रालयको विवरणहरू तयार गर्न सचिवहरुलाई निर्देशन दिएको जनाइएको छ ।















