• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

चाडपर्वमा सुदूरपश्चिममा ५ हजार प्रहरी परिचालन,ड्रोनबाट निगरानी

  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेको हो ।

दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले निशाना न्युजलाई जानकारी दिए ।

यो सुरक्षा योजना असोज ६ गतेदेखि कार्तिक १० गतेसम्म लागु हुने उनले जानकारी दिए । चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापलाई रोकेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै समग्र सुदूरपश्चिम प्रदेशमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लक्ष्य राखिएको उनको भनाइ छ ।

नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउने उदेश्यले प्रदेश भरी ५ हजार प्रहरी परिचालन गरिएको उनले बताए । प्रदेशको हकमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)को कमाण्डमा कमाण्डपोष्ट निर्माण गरिएको र जिल्लाको हकमा जिल्ला प्रहरी कार्यालय प्रमुखको कमाण्डमा कमाण्डपोष्ट निर्माण गरिएको उनको भनाइ छ ।

प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले भने, ‘हालै जेनजी पुस्ताले गरेको आन्दोलनबाट शान्ति सुरक्षामा प्रतिकूल प्रभाव परेको छ, जसका कारण यो वर्षको चाडपर्वमा थप सुरक्षा जोखिम बढ्नसक्छ ।’

‘भागेका कैदीबन्दीबाट कुनै अपराधिक गतिविधि हुन नदिन भारतीय नाकामा बढी निगरानी गरिएको उनले बताए । लुटपाट चोरी,दुर्घटना हुन नदिन विशेष ध्यान दिएका छौँ’ उनले भने हाइवेमा स्कटिङ, मोबाइल गस्ती र पैदल गस्तीमा ६ सय जना प्रहरी परिचालन गएिको छ ।’
तालिम प्राप्त कुकुर सहितको टोलीबाट चेकिङको व्यवस्था गरिनुका साथै धेरै भीडभाड हुने स्थानमा ड्रोनमार्फत निगरानी गर्ने व्यवस्था समेत मिलाएको उनको भनाइ छ ।

विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीहरू चाडपर्वको समयमा आफ्नो घर आउन सक्ने र उक्त समयमा थप आपराधिक घटना हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै त्यस्तो ठाउँमा प्रहरी परिचालन गरि निगरानी बढाएको उनले बताए ।

कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागु गरिएको रानाभाटको भनाइ छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि ठूलो दुर्घटना हुन नदिन दुई ठाउँमा ५० जनाको रिजर्भ टोली राखिएको उनले बताए ।
प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र चेकिङलाई तीव्रता दिएको उनले बताए । जसमा २५ वटा प्वाइन्टमा क्युआरटी दु्रत प्रतिकार्य तथा १७३ जना प्रहरी रहेको उनले बताए । ७२ वटा क्यूआरटी द्रुत प्रतिकार्य टोली परिचालन र ६ सय वटा पैदल गस्ती सञ्चालन गरिएका उनले बताए ।

महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षाका लागि प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता रानाभाट बताउँछन् ।
यात्रु तथा नागरिकको सुविधाका लागि यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बैंक,वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि प्रहरी खटाइएको छ ।

‘चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न हामी कटिबद्ध छौँ,’ उनले भने ‘सुरक्षित र हर्षोल्लासकासाथ चाडपर्व मनाउने वातावरण बनाइने छ ।’

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

समाचार

सबै

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.