काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
आजको बैठकले यसअघि बसेको पदाधिकारी बैठकको प्रस्ताव पारित गर्ने बताइएको छ ।
पदाधिकारी बैठकले पार्टीका सबै कमिटी विघटन गरेर अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी बनाएको छ ।













