धनगढी । कञ्चनपुरबाट १० लाख १३ हजार बराबरका भन्सार छलीका किराना सामान बरामद गरिएको छ।
जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरमा पूर्व पश्चिम लोकमार्ग सडक किनाराबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका उक्त मूल्यका सुर्ती, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ।















