• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित

कञ्चनपुर । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन् ।

शुक्लाफाँटा निकुञ्ज कार्यालयको तथ्याङ्कानुसार निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा तीन सय आठ जना विदेशी पर्यटक र तीन सय ५० जना सार्क मुलुकका पर्यटकले भ्रमण गरेका थिए भने ११ हजार ४८० जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रहे पनि महामारीपछि यहाँ पर्यटक आउन छाडेको बताए । ‘कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लाे वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ’, उनले भने । उनले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताए ।

कार्यालयको तथ्याङ्कानुसार आर्व २०७६–०७७ मा एक हजार ६०३ जनाले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७७–०७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ ।

त्यसैगरी, आव २०७८–०७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा सार्क मुलुकका ४५ जना र एक सय पाँच जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७९–०८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ५८ जना विदेशी र एक सय २१ जना सार्क मुलुकका छन् ।

यस्तै, आव २०८०–०८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०८१–०८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उल्लेख्य रूपमा पर्यटक आउन नसकेको वाग्लेको भनाइ छ ।

नजिकै रहेको गड्डाचौकी नाकाबाट नेपाल आएका विदेशी पर्यटकसमेत यहाँ बस्दैनन् । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढे पनि यो नाकाबाट आउने पर्यटक पनि अन्यत्र जाने गरेका छन् । अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले गड्डाचौकी नाकाबाट आउने ८० प्रतिशत विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेको बताए ।

अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् ।

सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको यहाँका स्थानीय व्यवसायी बताउँछन् । शान्त वातावरण, ठूलो घाँसेमैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निमार्ण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तुमात्र नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एक सय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । रासस

आइतबार, असोज १२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

समाचार

सबै

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.