धनगढी । नेपाल पत्रकार महासंघ कैलालीले दशैँको शुभकामना आदान प्रदान गरेको छ । आज धनगढीमा उपलब्ध पत्रकाररु संग महासंघरले शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले समाज सुधारका लागि सबै भन्दा पहिले पत्रकार सच्चिन जरुरी रहेको बताएका छन ।
जेनजी आन्दोलनले गर्दा देश कठिन परिस्थितिमा रहेको हुँदा देशको चौथो अंग मानिएको पत्रकारले आफ्ना क्रियाकलापमा सुधार गर्न आवश्यक रहेको औल्याए । ‘देशको अवस्था कठीन बनेको छ’, उनले भने ‘पत्रकारले आफ्ना कार्यशैलीहरु अहिले देखि सुधार गर्न जरुरी छ ।’ उनले राज्य डराउने भनेको पत्रकारसंग भएको हुँदा संयमित तरिकाले कार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य योगेन्द्र वलायरले शुभकामना दिँदै पत्रकारहरुले सामाजिक सञ्जालममा आफ्ना धारणा लेख्दा पनि ख्याल गर्ने समय आएको बताए । कार्यक्रममा महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्याल, कर्ण शाहले आफ्ना शुभकामना व्यक्त गरेका थिए ।
यस्तै गरी पत्रकार महासंघका महासचिव शिवराज भट्ट, कैलाली पत्रकार महासंघका पूर्व अध्यक्ष जगत साउँद लगायतले आफ्नो धारणा व्यक्त गरेका हुन । कैलाली पत्रकार महासंघका अध्यक्ष श्रवण देउवाको अध्यक्षमा भएको कार्यक्रममा सहभागिलहरुले बडा दशैँको शुभकामना साटा–साट गरेका हुन ।













