धनगढी । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रा.लि.ले विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै धनगढी, फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको नवजीवन अस्पतालले जनाएको छ ।
निःशुल्क बस सेवाको समय तालिका यस प्रकार रहेको छ ।
बिहान ९:०० बजेस् धनगढी चौराहादेखि फूलबारीसम्म
बिहान १०:०० बजेस् फूलबारीदेखि धनगढी चौराहासम्म
बिहान ११:०० बजेस् धनगढी चौराहादेखि अत्तरियासम्म
बिहान १२:०० बजेस् अत्तरियादेखि धनगढी चौराहासम्म
दिउँसो १२:४५ बजेस् धनगढी चौराहादेखि फूलबारीसम्म
दिउँसो १:३० बजेस् फूलबारीदेखि धनगढी चौराहासम्म
दिउँसो २:१५ बजेस् धनगढी चौराहादेखि अत्तरियासम्म
दिउँसो ३:०० बजेस् अत्तरियादेखि धनगढीसम्म













