धनगढी- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीपत्नी डाक्टर आरजु राणा देउवा धनगढी आएकी छिन्। शनिबार दिउँसो राणा धनगढी आएकी हुन्।
मंसिर ४ मा हुने चुनावका लागि मनोनयन दर्ता गरिने मिति भएकाले सोही कामका लागि नेतृ डा राणा धनगढी आएकी हुन्। उनलाई धनगढी विमानस्थलमा स्वागत गर्न काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।













