धनगढी । विजया दशमीको दिन टीका लगाउन जाने ४०४ जनाले निःशुल्क यातायात सेवा पाएका छन् । धनगढी उपमहानगरपालिकाले बडा दशैँको टीका लगाउन जाने व्यक्तिहरूलाई निःशुल्क यातायात सेवा प्रदान गरेको थियो। सो सेवाबाट ४०४ जना प्रत्यक्ष लाभाम्बित भएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ ।
नगर प्रहरीले विजया दशमीको बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निस्शुल्क यातायात सेवा प्रदान गरेको थियो।
नगर प्रहरीले टीका ग्रहण गर्न जानेहरूलाई धनगढी उपमहानगरपालिका क्षेत्र भित्र निःशुल्क यातायात सेवा प्रदान गरेको थियो।
बडा दशैँको दिन गन्तव्यमा पुगी टीका ग्रहण गर्न समस्या नहोस् भन्ने उदेश्यले नगर प्रहरीले ९ वटा मोटरसाइकल, एक नगर प्रहरीको भ्यान र धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकको गाडी मार्फत यातायात सेवा प्रदान गरेको थियो। नगर प्रहरीले धनगढीको १९ वटै वडामा निःशुल्क यातायात सेवा प्रदान गरेको हो।















