धनगढी । स्वास्थ्य संस्थाहरुबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि धनगढीमा नगरपालिकास्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ।
हेकाफ ३६०’ नामको संस्थाको प्रविधिक सहयोगमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा उक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको हो।
धनगढी-उपमहानगरपालिकाका वातावरण इन्जिनियर अशोक अवस्थीले ‘हेकाफ ३६०’ नामको संस्थाले उक्त फोहोर व्यवस्थापनका लागि कर्मचारीको क्षमता अभिवृद्धिका साथै उपकरणको सहयोग गरेको बताए। उनले भने, “आगामी केही दिनमा यो केन्द्र सञ्चालनमा आउन लागेको छ, यसबाट जोखिमयुक्त फोहोरको पनि व्यवस्थापन हुनेछ।”













