डोटी । डोटीको सिलगढीबाट रहेको बाल सुधार गृहमा रहेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका(७ खतेडी घर भई जवरजस्ती करणी मुद्दामा बालसुधार गृहमा रहेका १९ बर्षीय श्याम बिकले आत्महत्या गरेका हुन् ।
उनले आफु सुत्ने कोठाको पंखा झुण्ड्याउनका लागि बनाएको हुकमा डोरीले पासो लगाएका थिए । डिउटीमा खटिएको प्रहरी हवल्दार बिर्ख रोकायाले विकलाई झुण्डिएको अवस्थामा देखि तत्काल पासो काटि उपचारको लागि जिल्ला अस्पताल डोटी पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछिउनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













