धनगढी । कैलालीमा सोमबार देखि सकारी कार्यालय तथा सवै निकायका सेवा प्रवाह गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै सरकारी कार्यालय तथा सबै निकायलाइ सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरिएको सुचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा भोली सोमबारदेखि जिल्ला स्थित सबै सेवा प्रदायक निकायहरूले सेवा प्रवाह सुचारु गर्न गराउन सबैलाई अनुरोध गरिएको छ ।














