कैलाली । नेपालीहरुको महान पर्व विजयादशी अवधिभर कैलाली जिल्लामा सवारी साधन दुर्घटनाबाट दुई जनाको मृत्य भएको छ ।
सो अधिभर १५ सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनाको साथै ४४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बढीजसो दुईपांग्रे सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख चक्र बहादुर देउवाले निशाना न्युजलाई जानकारी दिए । त्यस्तै ७९६ सवारी साधन कारबाही गरिएको उनले बताए ।
मापासे सेवन गरि चलाएका १४९ सवारी साधन कारबाही गरिएको उनले बताए । अन्य ६४७ सवारी साधन भने तिब्र गति,ओभरलोड,सिटवेल्ट प्रयोग नगरिएका र क्षमता वढी बोकेको सवारी साधनलाई कारबाही गरिएको उनको भनाई छ ।
सवारी साधन कारबाहीबाट ६ लाख ३७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।













