धनगढी। दार्चुलामा आइतवार भएको जीप दुर्घटनामा घाइते भएका पाँचजनाको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताले जानकारी दिए। महाकाली नगरपालिका–९ गजुराडीमा भएको उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।
घाइतेमध्ये वर्ष १४ का त्रिभुवन बहादुर पाल, वर्ष २७ का लोकेन्द्र धामी, वर्ष २५ का शुभम पाल, वर्ष २७ का जयबहादुर पाल र वर्ष २८ का पंकज पालको धनगढीको मायामेट्रो उपचार भइरहेको छ। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।
उक्त जीप ९बागमती प्रदेश ०३००१ ज ०२०६० आइतवार दिउँसो सकारबाट वडा नम्बर ६ निसिलतर्फ जाँदै गर्दा गजुराडी भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।
दुर्घटनामा महाकाली नगरपालिका–९ का २८ वर्षीय नरेशबहादुर पालको मृत्यु भएको थियो।













