कैलाली । नेपालीहरुको महान पर्व दशैंको अवधिमा सुदूरपश्चिम प्रदेशमा विभिन्न अपराध घटनाका ४९ मुद्दा दर्ता हुँदा ४८ जना पक्राउ परेका छन् । अन्य दुई जना अभियुक्त फरार छन् ।
विभिन्न अपराधका ४९ मुद्दा दर्ता हुँदा ४७ जना पुरुष र १ जना महिला पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एवं डिएसपी निशान्त श्रीवास्तबले निशाना न्युजलाई जानकारी दिए ।
कैलाली जिल्लामा कर्तव्य ज्यान मुद्दा दर्ता १ हुँदा एक जना पुरुष र एक जना महिलालाई पक्राउ गरिएको उनले बताए ।
अछाम,बझाङ्ग बाजुरा,डडेल्धुरामा ज्यान मार्ने उधोगमा ४ मुद्दा दर्ता हुँदा १३ जना पुरुषलाई पक्राउ गरिएको छ भने एक जना फरार छन् ।
कंञ्चनपुर, दार्चुला,बझाङ्ग,बाजुरामा भवितव्य ज्यान (सवारी भवितव्य) सहित का ८ मुद्दा दर्ता भएका छन् ।
अछाम, कैलाली र कंञ्चनपुरमा फुटकर ज्यानका ४ मुद्दा दर्ता भएको उनले बताए ।
कैलाली , कंञ्चनपुरमा बिष खाएरका २ मुद्दा दर्ता छन् । कैलाली, कञ्चनपुर, बझाङ्ग, र बैतडीमा झुण्डिएरका १५ मुद्दा दर्ता भएको उनको भनाई छ ।
कैलाली र कंचनपुबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मा २ मुद्दा दर्ता भएको र १७ जना पुरुषलाई पक्राउ गरिएको उनले बताए ।
कैलाली र दार्चुलामा लागु औषधमा ३ मुद्दा दर्ता हुँदा ६ जना पुरुष पक्राउ गरिएको छ ।
कैलाली,डडेल्धुरा अछाममा सार्बजनिक हित स्वास्थ्य सम्बन्धीका ३ मुद्धा दर्ता हुँदा ६ जना पुरुष प्रहरीले पक्राउ गरेको छ ।
कैलालीमा जवरजस्ती करणी समबन्धिमा १ मुद्धा दर्ता हुादा १ जना पुरुष पक्राउ गरिएको उनले बताए । कैलाली,बैतडी,कंञ्चनपुर,डडेल्धुरामा सवारी ज्यान सम्बन्धि ६ मुद्धाका ४ जना पुरुष पक्राउ गरिएको छ भने एक जना फरार रहेको डिएसपी श्रीवास्तवले जानकारी दिए ।















