धनगढी । कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित एक पसलमा जुवातास खेलिरहेको अबस्थामा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख १५ हजार ६ सय १५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।













