काठमाडौँ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ ।
जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश बुधबार सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।
जुन भिडियो अक्टोबर ७, २०२३ मा किबुट्ज अलुमिममा भएको आक्रमणमा अपहरण भएको केही समयपछि खिचिएको थियो।
इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए ।
३३ सेकेन्ड लामो उक्त भिडियो क्लिप बुधबार सार्वजनिक गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।















