धनगढी । जेनजी आन्दोलनमा ध्वस्त बनेको क्षेत्रिय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीको भौतिक संरचनाको स्थलगत निरीक्षण गरिएको छ ।
कार्यालयलाई पुरानै अवस्थामा फर्काउन के कति गर्न सकिन्छ भन्दै कार्यालयका प्रमुख एवं डिभिजनल इन्जिनियर तुलसीराम खरवुजाले आज निरीक्षण गरो हुन् ।
आन्दोलन पश्चात कार्यालय ध्वस्त हुँदा कर्मचारीले कार्यालयमा आई काम गर्न सक्ने वतावरण थिएन प्रमुख खरवुजाले भने घर वा पायक पर्ने स्थानबाट काम गर्नु पर्ने स्थिति रहेको छ । दैनिक कामकाज पुरानै अवस्थामा के कति गर्न सकिन्छ भन्दै निरक्षण गरिरहेको उनले बताए ।
आगजनीबाट कुर्ची, टेवुल, सवारी साधन पुरै ध्वस्त भएको उनले बताए । काम गर्ने वतावरण पुरानै अवस्थामा ल्याउन गृहकार्य भइरहेको उनले बताए ।
म भख्खर आएको छु, कार्यालयबाट हुने दैनिक कामकाज सरल सहज तरिकाले के कसरी गर्न सकिन्छ भनेर निरक्षण भइरहेको उनको भनाई छ ।
क्षेत्रिय सहरी विकास आयोजना कार्यालयको स्थलगत निरीक्षण
क्षेत्रिय सहरी विकास आयोजना कार्यालयको स्थलगत निरीक्षण
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













