धनगढी । बाँकेमा १४ जुवाडे पक्राउ परेका छन् । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका –४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको जनाइएको छ ।















