धनगढी । कैलालीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ बडाहराबाट सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेख लागुऔषधसहित पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
शेखलाई चेकजाँच गर्दा उनको साथबाट ५३० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।













