डोटी । डोटीमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
आज बिहान जोरायल गाउँपालिका–१ गोल्डेनमा ईभी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको मङ्गलसेन नगरपालिका–९ की २२ बर्षीया हरिया परियार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित अन्य २१ जना घाइते भएका छन् ।
घाइतेहरूमा ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई उपचारको लागि अत्तरियास्थित पदमा अस्पताल पठाइएको जनाइएको छ ।
अछामबाट धनगढी जाँदै गरेको सु.प.प्र ०१००१ ख ३९५६ नम्बरको ईभी हाइस आफै अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।













