धनगढी । सुदूरपश्चिम मेटल व्यवसायी संघले ८औं रक्तदान कार्यक्रम सुरु गरेको छ । आज धनगढीको वाल्मीकी स्कुल अगाडि संघले सो रक्तदान कार्यक्रम शुरु गरेको हो ।
हरेका वर्ष विश्वकर्मा पूजाको दिन रक्तदान कार्यक्रम गरिने गरिएको भएपनि यो वर्ष जेनजी आन्दोलनका कारण ढिलो गरी शुरु गरिएको संघका अध्यक्ष हिक्मतबहादुर सुनारले निशाना न्युजलाई जानकारी दिए । कसैलाई रगतको अभाव हुन नदिने उदेश्यले संघले कार्यक्रम गर्दै आएको उनले बताए ।
‘६० बर्ष मुनिका सवैले रक्तदान गर्न मिल्छ आउ सबैले रक्तदान गरौ’ उनले भने ‘रक्तदान जीवनदान हो तपाइको रगतले कसकोै ज्यान जोगिन सक्छ ।’ ५० जनाले आज रक्तदान गर्ने तथा ५० जनाले नै रक्तदान गर्ने लक्ष्यको रहेको उनको भनाइ छ ।














