धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनपछी मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म एक हजार दुई सय मतगणना भएको छ ।
अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । एक हजार दुई सय मतगणना हुँदा ओझा ५३ मतले अगाडी छन् ।
दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ ।















