डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिका–३ देवलमा मङ्गलवार बिहान बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलाली सुखडबाट देवलतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडक खण्डमा सापट भाँचिदा सडकमा पल्टिएको हो ।
दुर्घटनामा परि बडिकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मीकुमारी सलामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिप चालक कैलालीको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका २७ वर्षीय सरोज विक सहित अन्य यात्रु सकुशल रहेका छन् । जिपमा चालकसहित नौ जना रहेको जनाइएको छ ।













