धनगढी । प्रहरीले कैलाली अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहेडी र वडा नं १२ पटरीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु. ८७ हजार बराबरको सुर्ती जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु. १ लाख १९ हजार १५० बराबरको कपडा, पेठा, सोनपापडी मिठाई लगायतका सामानहरु नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













