धनगढी । प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागुऔषध सम्बन्धी मुद्दामा ११ महिना कैद सजाय तोकिएका कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुरका २३ वर्षीय अभिषेक रानालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले रानालाई उनकै घर ठेगानाबाट बुधबार पक्राउ गरेको जनाइएको छ ।













