धनगढी । कैलालीमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु २८ हजार ५२० बराबरको सुर्ती, बिडी, सलाई, ब्लेड, सुट, जुत्ता, चप्पल, मैदा लगायतका सामान प्रहरीले बरामद गरेको हो।
उक्त सामान अस्थाइ प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।













