धनगढी । बझाङमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाका मष्टा गाउँपालिका– ४ बास्तोलीका ४५ वर्षीय मोतीराम थापा मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
थापा आफ्नो घरदेखि करिव १ किलोमिटर टाढा घट्टेखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।















