धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले कुनैपनि ऐन निर्माण गर्दा गहन छलफल हुनुपर्ने बताएका छन् ।
सञ्चार प्रतिष्ठान नेपालले आज धनगढीमा आयोजना गरेको सुदूरपश्चिम पर्यटन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ एवं लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ को अन्तरक्रिया समीक्षाका नतिजा सार्वजनिकरण र सम्बन्धित समितिलाई हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘ऐन निर्माण गर्दा छलफल हुनुपर्छ । नत्र अलमल हुन्छ । ऐन निर्माणका आफ्नै प्रकृया छन् । प्रकृया अनुसार नगर्दा राम्रो नतिजा आउँदैन् । प्रकृया अनुसार गए समय लाग्छ । समय लागेपनि नतिजा राम्रो आउनु पर्छ ।’
उनले नीतिले मात्रै सबै कुरा नबोल्ने बताए । उनले भने ‘नीति कार्यान्वयनका लागि ऐन,कानुन, कार्यविधि निर्माण गर्नुपर्छ ।’

कार्यक्रममा दुईवटा प्रस्तुतिकरण पनि राखिएको थियो । सुदूरपश्चिम प्रदेश पर्यटन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ का बारेमा अधिवक्ता कुलानन्द उपाध्यायले प्रस्तुतिकरण राखेका थिए ।
त्यस्तै,सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ को बारेमा अधिवक्ता पुष्पविक्रम शाहीले प्रस्तुतिकरण गरेका थिए ।

सञ्चार प्रतिष्ठान नेपाल कैलालीका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गरेका थिए ।















